शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सरसँग जुधिरहेकी राखीकी आमाले अस्पतालबाट बनाइन् भिडियो, सलमान–सोहेल खानलाई भनिन् धन्यवाद

शुक्रबार, १४ फागुन २०७७, १० : ४३
शुक्रबार, १४ फागुन २०७७

बिग बस १४ मार्फत् पुनः चर्चामा आएकी बलिउड डान्सर राखी सावन्तकी आमा आजकाल बिरामी छिन् । राखी सावन्त आमा बिरामी भएपछि निकै चिन्तित छिन् । उनले थुप्रै पटक सोसल मिडिया प्लेटफर्ममा आफ्ना समस्या आर्थिक स्थितीबारे जानकारी पनि दिएकी छिन् । यसैबीच राखीकी आमा जया हाल अस्पतालमा छिन् र क्यान्सरसँग लडिरहेकी छिन् । मुम्बईको एक अस्पतालमा राखीकी आमाको उपचार चलिरहेको छ ।

सलमानले गरे मद्दतः

राखीले केही दिन अघि आमाको उपचारको मद्दतका लागि सलमान खानलाई धन्यवाद दिएकी थिइन् । अब उनकी आमाले सलमान खानका लागि एउटा विशेष भिडियो बनाएकी छिन् । राखीकी आमाले सलमान र उनका भाइ सोहेल खानलाई धन्यवाद दिएकी छिन् । राखीकी आमाले भिडियोमा भनेकी छिन्, ‘सलमान–सोहेल धन्यवाद । म हाल अस्पतालमा छु, मेरो किमोथेरेपी चलिरहेको छ । मेरो चारवटा थेरेपी पूरा भइसकेको छ र अझै दुई बाँकी छ । त्यसपछि मेरो शल्यक्रिया हुनेछ । म तपाईंहरुको सफलताको प्रार्थना गर्छु, भगवान तपाईंको साथमा हुनुहुन्छ । भगवानले तपाईंको सबै सपना साकार पारुन् ।’

राखीले यो भिडियो सेयर गर्दै आफू बिग बसको घरबाट निस्कँदा आमाको अवस्था देखेर निकै दुःख भएको बताएकी छिन् ।

बिग बस १४ मा राखीको समर्थनमा एन्ट्री लिने विन्दू दारा सिंहले पनि सोसल पोस्टमार्फत् राखीको आमाका लागि प्रार्थना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप