पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
शुक्रबार, १४ फागुन २०७७, ११ : ४३

पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामपुर न.पा.– ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नं. को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सडकदेखि अन्दाजी ७ मिटर तल खस्दा मोटरसाइकल चालक जिल्ला पाल्पा रामपुर न.पा. ६ बिजयपुर बस्ने बर्ष ३० को सन्जु आलेको मृत्यु भएको हो ।
उनलाई घाईते उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा डाक्टरद्वारा मृत घोषण गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री
-
कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ– मन्त्री अधिकारी
-
पुर्खाको थलो गोरखा आउन पाउँदा निकै खुसी लाग्यो : पूर्वराजा शाह
-
जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश