शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी सेलिब्रिटीको चोरी भयो कुकुर, खोजी गरिदिनेलाई ५ करोड बढी इनाम

शुक्रबार, १४ फागुन २०७७, १३ : ०८
शुक्रबार, १४ फागुन २०७७

हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला भएको छ । लस एन्जलसमा लेडी गागाको कुकुर घुमाउने व्यक्ति रायन फिशरमाथि एक व्यक्तिले गोली हानी लेडी गागाका दुई फ्रेन्च बुलडग्स चोरी गरेका छन् । रायनलाई यो हमलापछि अस्पताल लगिएको छ जहाँ उनको स्थिती स्थिर बताइएको छ ।

 लस एन्जेलस प्रहरी विभागले एक व्यक्तिलाई राती १० बजे आसपास गोली हानिएको जानकारी दियो । प्रहरीका अनुसार गोली हान्ने व्यक्तिले त्यसपछि दुई फ्रेन्च बुलडग्सलाई आफ्नो सेडान गाडीमा लिएर गए । रिपोर्टका अनुसार यी हमलाकर्ताले सेमी अटोमेटिक ह्यान्डगन प्रयोग गरेका थिए ।

गागाका प्रवक्ताले उनका दुई बुल डग कोजी र गुस्ताव हराइरहेको पुष्टि गरे । यद्यपि, लेडी गागाको तेस्रो कुकुर यो हमलाका बेला त्यहाँबाट भाग्न सफल भएको थियो र यसलाई प्रहरीले गागा भएठाउँ फिर्ता पठाइदिएको छ । गागाले कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई इनाम स्वरुप ५ लाख डलर अर्थात् ५ करोड ७८ हजार दिइने घोषणा गरेकी छिन् ।

स्मरण रहोस्, गुस्ताव केही समय अघि मात्रै गागा परिवारमा पुगेकी थिइन् । गागा सोसल मिडियामा धेरैजसो आफ्नो कुकुरसँगको तस्बिर सेयर गरिरहन्छिन् । गागाले इनामका लागि एउटा इमेल ठेगाना तयार पारेकी छिन् । कुकुरबारे कुनै पनि प्रकारको जानकारी  ....... मा प्रदान गर्न सकिनेछ ।

 स्मरण रहोस्, गागा हाल रोममा छिन् र उनी नयाँ फिल्म प्रोजेक्टको तयारी गरिरहेकी छिन् । उनले फिल्म ए स्टार इज बर्नमा आफ्नो अभिनय कला प्रमाणित गरिसकेकी छिन् । यो फिल्ममा उनी ब्रेडली कूपरसँग देखिएकी थिइन् र फिल्मको गीत शेलोका लागि उनले ओस्कर अवार्ड पनि हात पारेकी थिइन् । यसका साथै उनलाई उत्कृष्ट नायिकाका लागि नामांकन पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप