शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रन्टलाइनरको सम्मानमा नेपाल इन्भेस्टमेन्ट बैङ्कद्वारा “सम्मान र्‌याली”को आयोजना

शुक्रबार, १४ फागुन २०७७, १४ : १३
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड (एनआईबीएल)ले स्थापनाको ३५औं वर्ष पार गरेको छ । बैङ्कले ३५औं वार्षिकोत्सवको अवसरमा बैङ्क कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्यबद्धता प्रकट गर्नका लागि “सम्मान ¥याली”को आयोजना गरेको छ ।

यसका साथै बैङ्कले स्वास्थ्यकर्मीहरूको लागि उचित ब्याजदर प्रवर्द्धनात्मक कर्जा योजनाको पनि सुरुवात गरेको जनाएको छ । 

बैङ्कले विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकहरूलाई सेवा पु¥याइ सकेको जनाएको छ ।

यस अवधिमा १ सय ६९ अर्बको निक्षेप संकलन तथा १ सय ५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैकिङ्ग सुविधा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पु¥याउँदै आएको छ । 

बैङ्कले ५ अर्ब भन्दा बढीको देशभरि वित्तीय आवश्यकता बढी रहेका ३० हजार भन्दा बढी व्यक्तिलाई सीधै लघु कर्जा उपलब्ध गराएको छ । बैङ्कले डेबिट कार्ड, ईएमआईसहित क्रेडिट कार्ड, लकर, ई–कमर्श (ई–कम)÷अनलाइन भुक्तानी र एसएमई/खुद्रा कर्जा आदि बैकिङ्ग सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्ने जनाएको छ ।  

यस अवसरमा बैङ्कले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक “हाम्रोे सुख–दुःखका साथी, बैङ्क कति जाती” नामक पुस्तक पनि सार्वजनिक गरेको छ । यो पहल अन्तर्गत “चिडियाखानाको भ्रमण” र “बैङ्कसँगको नाता, मेरो आफ्नै बचत खाता,” शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएकाे छन्, यी चित्रकथा पुस्तकहरू विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएको बैङ्कले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप