शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका १८ राज्यमा कोरोनाभाइरसको नयाँ प्रकार फैलियो

शुक्रबार, १४ फागुन २०७७, १४ : २९
शुक्रबार, १४ फागुन २०७७

 

भारतको १८ वटा राज्यमा कोरोनाभाइरसको नयाँ स्ट्रेन फैलिएको पत्ता लागेको छ । यी स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलबाट आएका हुन् । देशभर नयाँ स्ट्रेनबाट संक्रमित भएका १९४ मामिला पत्ता लागेका छन् ।

देशमा संक्रमितको संख्या बढ्न थालेपछि १८ राज्यमा निगरानी सुरु गरेको छ । नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) ले नयाँ स्ट्रेनसँग जोडिएका संक्रमित र उनीहरुको सम्पर्कमा आएको बारेमा जानकारी माग गरेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १९४ मध्ये १८७ जनामा बेलायतको भेरियेन्ट पाइएको छ । ६ जनामा दक्षिण अफ्रिकाको र एकजनामा ब्राजिलको स्ट्रेन पाइएको छ ।  स्वास्थ्य मन्त्रालयले यी राज्यमा अन्तर्राष्ट्रिय यात्रुमाथि निगरानी बढाएको छ । यसमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पञ्जाब जस्ता राज्य शामेल छन् ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप