शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

Z plus सुरक्षा पाउने मुकेश अम्बानी पहिलो उद्योगपतिः एकैपटक १० कमान्डोजसहित ५५ सुरक्षाकर्मी, कार्केडमा बीएमडब्ल्यू र रेन्ज रोवर

शुक्रबार, १४ फागुन २०७७, १६ : ३९
शुक्रबार, १४ फागुन २०७७

एन्टिलिया बाहिर कारमा बिस्फोटक भेटिएपछि ७१.२ अर्ब डलरको सम्पत्तिका मालिक मुकेश अम्बानीको सुरक्षाको विषयमा पुनः चर्चा सुरु भएको छ । मुकेश अम्बानी भारतका एक्ला उद्योगपति हुन् जसले Z Plus सुरक्षा पाएका छन् । अम्बानीबाहेक गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र कांग्रेस नेता प्रियंका गान्धी यही सुरक्षा घेरामा हिँड्छन् ।

Z Plus सेक्युरिटीको खर्च २० लाख प्रति महिना, अम्बानी आफैंले खर्च उठाउँछन्

अम्बानी आफ्नो सुरक्षाको खर्च सबै आफैंले उठाउँछन् । भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई विश्वास गर्ने हो भने अम्बानी आफ्नो सुरक्षामा हरेक महिना करिब २० लाख भारु खर्च गर्छन् । यो खर्चबाहेक अम्बानीको सुरक्षा टिमलाई ब्यारेक पनि प्रदान गरिन्छ ।

Z Plus सुरक्षा भएका कारण मुकेश अम्बानीको सुरक्षामा एकैपटक ५५ सुरक्षाकर्मी तैनाथ हुन्छन् । यसमा १० एनएसजी र एसपीजी कमान्डो हुन्छन् र अन्य प्रहरी अधिकारी पनि हुन्छन् । सुरक्षाको पहिलो घेराको जिम्मेवारी एनएसजीको हुन्छ जबकी दोस्रो घेरामा एसपीजी हुन्छन् । यसबाहेक आइटीबीपी र सीआरपीएफका जवान पनि सुरक्षामा तैनाथ हुन्छन् ।

यी दुई कारमा सवार हुन्छन् अम्बानीः

मुकेश अम्बानीसँग दुई बुलेटप्रुफ कार छन् । यसमा एक आर्मड BMW 760Li र दोस्रो मर्सिडिज बेन्ज S660 गार्ड छन् । साधारणतया मुकेश अम्बानीलाई यही कारमा देखिन्छ ।

अम्बानी सुरक्षामा सबैभन्दा अगाडि हिँड्ने दुई बाइक पनि निकै खास छन् । रोयल एनफिल्डको इलेक्ट्राको रोड रेज कस्टम बिल्ड्सले कस्टमाइज गरेर विशेष मुकेश अम्बानीको कार्केडका लागि तयार गरिएको हो । यी बाइक्समा साधारणतया मुम्बई प्रहरी सवार हुन्छन् ।

निता अम्बानीले पाएकी छिन् Y श्रेणीको सुरक्षाः

मुकेश अम्बानीकी श्रीमती निता अम्बानीलाई पनि Y श्रेणीको सुरक्षा प्रदान गरिएको छ । हतियारयुक्त 10 CRPF का कमान्डो निताको सुरक्षामा तैनाथ रहन्छन् । निता अम्बानी देशभरी जता पनि जान्छिन् यी सुरक्षाकर्मीले उनको सुरक्षा गर्छन् ।

सर्वोच्च अदालतमा पनि गएको थियो मुकेशलाई जेड प्लस सुरक्षा दिएको मुद्दाः

मुम्बईको चार्टर्ड अकाउन्टेन्ट हिमांशु अग्रवालले मुकेश अम्बानीलाई जेड प्लस सेक्युरिटी दिएको भन्दै सर्वोच्च अदालतमा याचिका दर्ता गरेको थियो । यसमा अम्बानीको सुरक्षाका कारण सरकारको ढुकुटीमा बोझ पर्नेछ । साथै मुकेश अम्बानी वा उनको परिवारमाथि कुनै पनि प्रकारको खतरा नभएको पनि उनले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप