बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उद्योगमन्त्री भट्टले गरे मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास

शुक्रबार, १४ फागुन २०७७, १७ : ३२
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । उद्योग मन्त्री लेखराज भट्टले मयूर धाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । हेटौँडा उपमहापालिका–१३ र १४ स्थित कबिर २ सय बिघा क्षेत्रफलमा बन्ने उक्त औद्योगिक क्षेत्रको शुक्रबार भट्टले शिलान्यास गरेका हुन् । 
नेपाल सरकारले २०७२ चैत १ गते मयूर धापलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने घोषणा गरेको थियो । प्रदेश राजधानी समेत रहेको सो क्षेत्रमा सङ्घीय सरकारले मयूर धाप औद्योगिक क्षेत्रका लागि बन्दै करिब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गा छुट्याइएको थियो । 

कुल २ बिघा क्षेत्रफलमा बस्ने औद्योगिक क्षेत्रमा ६२ वटा औद्योगिक प्लान्टहरु रहने र प्रत्येक प्लटलाई न्यूनतम ७ देखि १४ रोपनीसम्मको जग्गा छुट्याइएको मयूरधाप औद्योगिक परियोजना कार्यालय, हेटौंडाले जनाएको छ । 
औद्योगिक क्षेत्र निर्माणको घोषणा भएसँगै सो स्थानमा २०७५ साल कात्तिक ५ गतेदेखि नै परियोजना कार्यालयको स्थापना गरिएको थियो ।

साथै, उक्त औद्योगिक क्षेत्रमा सङ्घीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई समेत २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको छ भने, उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसारको पूर्वाधार निर्माणका लागि करीब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ रकम सरकारको लगानी गरिसकेको छ । 

उक्त परियोजना सम्पन्न भइसकेपछि विभिन्न उद्योगहरूबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करीब २० हजारले रोजगारीको अवसर प्राप्त गर्न सक्ने सरकारको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप