आर्थिक अवस्था कमजोर भएका महिलाको उपचारमा सानिमा बैंकको पहल
काठमाडौं । सानिमा बैङ्क लिमिटेड र पाटन अस्पताल बीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ ।
उक्त सम्झौताअन्तर्गत सानिमा बैङ्कले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको हो ।
सानिमा बैङ्कले प्रत्येक “नारी बचत खाता” बापत बैङ्कको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैङ्कले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो ।
सानिमा बैङ्कको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरे ।
बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नका साथै बैङ्कको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का