बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अस्पताल दैलेखको गाडी प्रहरीको नियन्त्रणमा

शुक्रबार, १४ फागुन २०७७, १८ : ५५
शुक्रबार, १४ फागुन २०७७

सुर्खेत ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) दैलेखको गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले कागजातमा त्रुटी रहेको सूचनाको आधारमा छानविनका लागि नियन्त्रणमा लिएको हो ।  बा १ झ ५७५७ नम्बरको बोलेरो जिप शुक्रबार दिउँसो एक बजेदेखि प्रहरीले नियन्त्रणमा लिएको जिप्रका सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए । 

गाडीको इन्जिन, चेसिस नम्बर र गाडी नम्बर फरक रहेको छ भने उक्त गाडीको साथमा कुनैपनि कागजात नभएको जनाइएको छ । उक्त, गाडी मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर बाँकेबाट भन्सार ऐन बमोजिम जफत गरि जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई उपलब्ध गराइएको अर्थ मन्त्रालयले पत्र दिएको छ । तर, उक्त पत्रमा उल्लेख गरिएको इन्जिन र चेसिस नम्बर रुजु गर्दा नमिलेको प्रहरी स्रोतको भनाई छ ।

कागजी प्रक्रिया नमिलेको कारण प्रहरीले नियन्त्रणमा रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले बताए ।  ‘लामो समयदेखि यहि नम्बरको गाडी चलाइरहेका छौं’ उनले भने, ‘अहिलेसम्म कसरी चलिरहेको हो, उक्त विषयमा मलाई जानकारी भएन ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप