भारतद्वारा स्वास्थ्य चौकी निर्माणका लागि ५३ करोड सहयोग
काठमाडौं । भारत सरकारले नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि ५३ करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । धादिङ जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका सो सहयोग दिने भनि सम्झौतापत्रमा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
२०७२ सालको भूकम्पले क्षति पुर्याइएका यी स्वास्थ्य चौकी ५३ करोड रुपियाँको लागतमा पुनर्निर्माण हुन लागेको हो । सो पुनर्निर्माणका लागि ठेकेदारसँग पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा काम गर्दै आएको छ ।
नेपालका थप १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । सोही प्रतिबद्धता अनुरुप १४७ वटा स्वास्थ्य परियोजनामध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो ।
स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि भारत सरकारले नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ । सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुर्याइएका साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविर÷स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेको दुतावासले जनाएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु