शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक

शुक्रबार, १४ फागुन २०७७, १९ : १३
शुक्रबार, १४ फागुन २०७७

काठमाडौँ । गायक प्रज्वल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ । गीत गायनमा प्रज्वललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।

प्रेमकथा समेत बुनिएको गीतको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायाँकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणिले निर्देशन गरेका हुन् । युवावर्गलाई लक्षित गरेर तयार पारिएको यो गीतमार्फत सुपरस्टार इन्टरटेनमेन्ट सांगीतिक क्षेत्रमा फेरि फर्किएको हो । एक समय सुपरहिट गीत दिएको सुपरस्टारले लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।

सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुति लिएर ‘आगमन’ एल्बमका साथ आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप