शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध औषधिसहित पक्राउ

शुक्रबार, १४ फागुन २०७७, २० : ०४
शुक्रबार, १४ फागुन २०७७

सशस्त्र प्रहरीको टोलीले अवैध औषधिसहित सिरहाबाट एक युवकलाई पक्राउ गरेको छ । भारतीय बजारबाट ल्याउँदै गरेका विभिन्न कम्पनीको करिब रु ५० हजारको औषधिसहित धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी निवासी ४२ वर्षीय अब्जल मन्सुरलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सिरहाको माडरस्थित भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोलीले जाँचको क्रममा अवैध औषधिसहित मन्सुरलाई पक्राउ गरेको जनाइएको छ । 

मन्सुरलाई औषधि र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय मार्डरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप