मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीदरवारको गाउँसभा सुरु : विकास र सुशासनमा अब्बल रहेको दावी

शुक्रबार, १४ फागुन २०७७, २० : १०
शुक्रबार, १४ फागुन २०७७

 प्रेम सुनार

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा  शुक्रवारदेखि  सातौ गाउँसभा सुरु भएको छ । फागुन १६ गते सम्म चल्ने गाउँसभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष अशोकुमार थापाले  पूर्वाधार विकास , शिक्षा स्वास्थ्य र सुशासनमा गुल्मीदरबार गाउँपालिकाले अब्बल काम गरेको दावी गरे ।

उनले त्यस गाउँपालिकाले गरेका मुख्य कामहरुको फेहरिस्त पेश गरे । उनले  गाउँपालिकामा नागरिक सहायता कक्षको स्थापना , गाउँपालिकाको पहिचान सहितको लोगो निर्माण, मासिक ई–वुलेटिन प्रकाशन, लोगो निर्माण गरि कार्यालयको लेटरप्याड, ब्याज, ब्यानर लगायतमा प्रयोग भइसकेको बताए ।

 पूर्वाधार विकास तर्फ त्यस गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको काम भई रहेको , विद्युतिय नागरिक बडापत्र लागु गरिएको , घरका छानामुक्त गाउँपालिका बनाउने अभियानका लागि जस्ता पाता वितरण गर्ने काम अन्तिम चरणमा पुगेको दावी गरे ।

त्यस्तै  वडा नम्वर २ , ४ , ५ र ६ का दलित तथा विपन्न परिवारलाई ५ सय लिटरको पानी ट्याङ्की निशुल्क वितरण गरिएको, चालु आर्थिक बर्षको  यस अवधीमा १९  किलो मिटर मोटरबाटो विस्तार गरिएको  र जसका कारण बाह्रै महिना सवै वडाहरूमा यातायात सुचारु हुन सकेको  र वडा नम्वर ४ को विरवासमा ४ सय ५० मिटर सडक ग्रास्वेल गरिएको र गौडाकोट जुभुङ्ग मोटरबाटो १ किलो मिटर सडक ग्रास्वेल भईसकेको जानकारी दिए ।

खानेपानी सुविधा सहज बनाउनका लागि एक घर एकधार कार्यक्रममा लागि खहरेखोला खानेपानी योजना वलिथुम, अमरअर्बाथोक लिफ्ट खानेपानी योजना र कालिमाटी खानेपानी योजना सम्पन्न भई सकेको उनको भनाई छ ।

उनले बठवा खोला खानेपानी योजना र अर्वाङदी गैरा रुमापोखरा लिफ्ट खानेपानी योजना सम्पन्न गर्नका लागि ३० ÷३० लाख रकम विनियोजन भई आएको जानकारी दिए ।  उनले विभिन्न खानेपानी योजना , मोटरबाटो सहित  चालु आर्थिक बर्षमा १ सय ४५ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा रहेको बताए ।

उनले  शिक्षा र स्वास्थ्य क्षेत्रलाई जनताको सहज पहुँचका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए ।  पहिलो बर्ष देखि नै गर्भवती महिलाको घर घरमा हरियो झण्डा राखेर उनीहरुको स्वास्थ्य अवस्थाको टोल टोलले निगरानी गर्नुपर्छ भन्ने सन्देश दिएर चर्चा कमाएको गुल्मीदरवार गाउँपालिकाले घरमा सुत्केरी हुने महिलाको संख्या शून्यमा झारेको छ ।

गाउँपालिका वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक तथा सभासद रामबहादुर पल्लीले  स्थानीय तहमा वातावरण तथा  प्रकृतिक श्रोतको संरक्षण  सम्वन्धमा ब्यवस्था गर्न बनेको विद्येयक २०७७ पेस गरेका थिए ।

त्यस्तै  शिक्षा ऐन २०७५ पहिलो संशोधन गर्न बनेको ऐन २०७७ सामाजिक विकास समिति संयोजक तथा सभासद हिराबहादुर खत्रीले पेस गरेका थिए । हरेक पालिकाहरुले यति बेल गर्न लागेको गाउँ र नगर सभालाई प्रतिनिधी सभाको हिउँदे अधिवेशनका रुपमा लिइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप