मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अब केपी ओलीसँग एकताको सम्भावना छैन : अध्यक्ष प्रचण्ड

शुक्रबार, १४ फागुन २०७७, २१ : ५८
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । 

साथै उनले अब ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् । शुक्रबार प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रतिगमनकारी भएकाले अग्रगमनकारी र प्रतिगमनकारी सँगै हिड्न र एकता गर्न नसक्ने बताएका हुन् ।

फेरि ओलीसँग पार्टी एकता गरेर जानसक्ने सम्भावना कति छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘मैले त्यस्तो सम्भावना देख्दिनँ । किनभने हाम्रो दूरी पुस ५ अघिसम्म आन्तरिक थियो । त्यसबेलासम्म हामी स्थायी समिति बैठक सँगै नै बसेका थियौ । तर जव उहाँले पार्टीभित्रको विवाद देखाएर संविधानमाथि घात गर्ने, संसद विघटन गर्ने र हुदै नभएको अधिकार प्रयोग गर्ने दुस्साहस गर्नुभयो,त्यसपछि उहाँ र हाम्रो बीचको अन्तरविरोध अब पार्टीभित्रको सामान्य अन्तरविरोध रहेन ।’

त्यसपछि प्रतिगमन र अग्रगमनबीचको लडाई, क्रान्ति र प्रतिक्रान्तिको लडाइ हुन पुगेको प्रचण्डले बताए । उनले ओली अझै पश्चात गर्ने मनस्थितिमा नरहेको भन्दै संसद विघटनमा असफल भएपछि बरु अझै प्रचण्डलाई ध्वस्त पारेरै छोड्ने भन्दै हिँडेको आफुले सुनेको पनि बताए । 


‘अब त्यस्तो प्रतिगमनकारी, प्रतिक्रान्तिकारी भूमिका खेल्ने अनि पार्टी एकता उनसँगै हुने भन्ने कुरा कसरी हुनसक्छ ? पार्टी भनेको विचार हो, प्रवृति पनि हो । पार्टीभित्र विभिन्न प्रवृति हुन्छन् तर मुख्य कुरा विचारले नै गाइड गर्ने कुरा हो’, प्रचण्डको भनाइ छ  । 

प्रचण्डले ओली पुस ५ पछि प्रतिगमनकारी विचारको मान्छे बनेको भन्दै सर्वोच्चले न्याय दिएर प्रतिनिधि सभा पुनस्र्थापना भएको बताए । प्रचण्डले अन्य लोकतन्त्र र संविधानको पक्षमा मुद्दा मिल्ने दलसँग मिलेर सरकार बनाउन सकिने बताएपनि आफुले अहिले प्रधानमन्त्रीमा दावी नगरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप