बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगो निभाउने क्रममा घाइते भएका भुलको मृत्यु

शुक्रबार, १४ फागुन २०७७, २२ : ४१
शुक्रबार, १४ फागुन २०७७

डोटी । गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका जिल्लाको शिखर नगरपालिका–७ का ६५ वर्षीय लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । 

गाउँ नजिकै रहेको शिल्या खोला डाँडाको जङ्गलमा लागेको आगो निभाउने क्रममा उनी बिहीबार साँझ गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएका भुललाई बिहीबार नै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरि दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा भर्ना गरिएको थियो । 

जलेको अवस्थामा अस्पतालमा पुर्याइएको भए पनि गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेको, दुवै हत्केलाको पछाडि, टाउको, निधार, छाती र मुखमा जलेकाले बचाउन नसकिएको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सक अर्जुन बलायरले जानकारी दिए । मृतक भुलको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा लगिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप