अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित
बझाङ । अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन् । नगरपालिकाको वडा नं। ८ स्थित जोशी गाउँ र वडा नं। १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए । उनका अनुसार प्रायः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ । साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ ।
रोगको पहिचान हुन नसकेपछि स्थानीयवासीले आफुसँग अनुमानका भरमा औषधि सेवन गर्न थालेका छन् । जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दीप ओखेडाले मौसम परिवर्तनका कारणले पनि यस्ता लक्षणहरु देखापरेको हुनसक्ने बताउनुभयो । उहाँले असहज परिस्थिति भएमा तुरुन्त नजिकैको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल आउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो : अध्यक्ष ढकाल
-
नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभा हेटौँडामा
-
पहिलो दिन एसईई शान्तिपूर्ण रूपमा सम्पन्न
-
नेकोस कर्पोरेट सुपर सिक्सेस क्रिकेट वैशाखमा
-
आलियाको फिल्ममा भिलेन बन्दै बबी देओल
-
अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु, ५ घाइते