बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

शनिबार, १५ फागुन २०७७, ११ : ५१
शनिबार, १५ फागुन २०७७

कपिलवस्तु प्रहरी आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ ।

फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई  बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् ।  

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप