बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भेटियो लेडी गागाको चोरिएका कुकुर, भेट्ने व्यक्तिका लागि राखिएको थियो पाँच करोड बढी इनाम

शनिबार, १५ फागुन २०७७, १२ : ४५
शनिबार, १५ फागुन २०७७

हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला गरेर चोरिएको कुकुर भेटिएको छ । लस एन्जलस प्रहरीले एक महिलाले लेडी गागाको दुबै कुकुरलाई ओलम्पिक कम्युनिटी पुलिस स्टेशनमा लिएर आएको जानकारी दिए । हराएका कुकुरको नाम कोजी र गुस्ताव हो । 

त्यसपछि प्रहरीले लेडी गागाका प्रवक्तालाई बोलाएर हराएको कुकुरबारे पुष्टि गरे । यद्यपि, लेडी गागाको कुकुर कुनै उद्देश्यले चोरिएको थियो र ती महिलासँग कसरी आइपुग्यो भनेर केही जानकारी छैन । प्रहरी अनुसन्धानमा जुटेको छ । 

 


 

बुधबार राती एक बन्दुकभारीले लेडी गागाका तीनवटा कुकुरलाई बाहिर डुलाउन लगेका व्यक्तिलाई गोली हानी कुकुर अपहरण गरेका थिए । गोली लागेका व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ भने तीनमध्ये एउटा कुकुर भाग्न सफल भएको थियो । कुकुर हराएपछि लेडी गागले आफ्ना कुकुरहरु खोजिदिने व्यक्तिलाई पाँच लाख डलर इनाम दिने घोषणा गरेकी थिइन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Lady Gaga (@ladygaga)

आफ्ना कुकुर भेटिएपछि लेडी गागाले खुसी व्यक्त गरेकी छिन् र आफ्नो ज्यान जोखिममा पारेका कारण रायन फिशरलाई धन्यवाद भनेकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप