शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चायतीले ५ हजार रुपैयाँ जरिवाना सुनाएपछि महिलाद्वारा आत्महत्या !

शनिबार, १५ फागुन २०७७, १३ : ४१
शनिबार, १५ फागुन २०७७

परम्परागत रुपमा रहेको पञ्चायती प्रथा अहिलेसम्म हट्न नसक्दा तराई मधेसमा विभिन्न किसिमका घटनाहरु निम्तिने गरेको छ । पञ्चायतीकै कारण ५ हजार रुपैयाँ जरिवाना तोकिएपछि एक महिलाले आत्महत्या गरेको खबर बाहिरिएको छ । 

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित देउरी बस्ने रामजीवन यादवकी पत्नी ३६ वर्षीया विनिता देवी यादवले अर्काको खेतमा रहेको साग टिपेको विषयमा गाउँमा पञ्चायती भएको थियो । सोबारे पञ्चायतीले बिनितालाई ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । सो जरिवाना उनले तिर्न नसकेपछि आत्महत्या नै गरेकी हुन् । 

गत बिहीबार दिउँसो सोही ठाउँ बस्ने सुमित्रा देवी यादव र बबिता यादवसँग विनिता यादव गाउँको छेउमै रहेको खेतमा घाँस काट्न गएकी थिइन् । घाँस काट्न गएकी बिनिताले अर्काको खेतमा साग टिपेको उनीमाथि आरोप लागेको थियो । 

त्यसपछि वडाध्यक्ष अमित यादवको अगुवाइमा गाउँमा पञ्चायती बसी घाँस काट्न गएका सबै महिलाहरुलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय तत्कालै  सुनाइएको थियो ।
एक स्थानीयले बताए अनुसार घाँस काट्न गएकी महिलाहरूमाथि साग टिपेको आरोप लगाउँदै कुटपिट भएपनि कुटपिटबारे कुनै छलफल नगरी एकाएक जरिवाना सुनाइएको थियो । 
पञ्चायतले जरिवाना तोकेपछि घर फर्केकी बिनिताले सामाजिक रुपमै आफूलाई अपमान गरेको भन्दै सो सहन नसकेर आत्महत्या गरेको आफन्तजनको भनाइ छ ।

शुक्रबार दिउँसो बबिता घरभित्रै पंखामा सल बाँधेर पासो लगाई झुन्डिएको अवस्थामा फेला फेला परेको थिइन् ।

यस घटना विषयमा थप अनुसन्धान भईरहेको धनुषाका प्रवक्ता प्रहरी तथा नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले प्रारम्भिक अनुसन्धानबाट पञ्चायतले महिलालाई ५ हजार रुपैयाँ तिर्न भनेको निर्णय अनुसार तिर्न नसक्दा आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको बताए । सो घटनाले अहिले गाउँमा भागाभाग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप