शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आखिर किन अमेरिकालाई फिटिक्कै मनपर्दैन साउदी अरबका युवराज सलमान ?

शनिबार, १५ फागुन २०७७, १६ : २०
शनिबार, १५ फागुन २०७७

साउदी पत्रकार जमाल खग्गोसीको हत्यासँग जोडिएको अमेरिकी इन्टेलिजेन्स रिपोर्ट जारी हुनु मध्य पूर्वका सबैभन्दा शक्तिशाली व्यक्तिमा सुचीकृत साउदी अरबका युवराज मोहम्मद बिन सलमानको शक्ति, प्रतिष्ठा र अन्तरराष्ट्रिय हैसियतका लागि एउटा झट्का जस्तै हो । 

रिपोर्टमा खग्गोसीको हत्याका लागि मोहम्मद बिन सलमान आफैंले मञ्जुरी दिएको बताइएको छ ।

यो घटनाको असर अबका थुप्रै दशकसम्म पश्चिमी देश र साउदी अरबको आपसी सम्बन्धमा देख्न सकिन्छ । 

यो हत्यामा मोहम्मद बिन सलमान उर्फ एमबीएसको संलग्नता माथि जोड दिँदा पश्चिमी देशका नेताका लागि सार्वजनिक रुपमा उनीसँग नीजि सम्बन्ध राख्न मुश्किल हुनेछ । 

तर यति हुँदा हुँदै पनि मोहम्मद बिन सलमान लामो समयसम्म साउदी सत्तामा आसिन हुने सम्भावना प्रबल छ । 

उनी अहिले ३५ वर्षका छन् र साउदी अबरका युवामा उनको लोकप्रियता निकै धेरै छ । यसको एउटा कारण देशभक्ति हो र अर्को कारण नागरिकमाथि व्यापक रुपमा स्वतन्त्रता लागू गरिनु पनि हो । 

अमेरिकी राष्ट्रपनि जो बाइडेनले उनले एमबीएसको साटो साउदी राजा सलमानसँग सम्बन्ध स्थापित गर्न चाहेको संकेत दिइसकेका छन् । 

तर राजा सलमान र एमबीएसबीच निकै नजिकको सम्बन्ध छ र दुईलाई भिन्न देख्नु मोटामोटी रुपमा बेइमानीको कुरा हुनेछ । 

८५ वर्षका राजा सलमानको स्वास्थ्य ठिक छैन । उनले पहिले पनि आफ्ना धेरेजसो शक्ति एमबीएसलाई दिइसकेका छन् । 

खग्गोसी हत्याको सनसनीपूर्ण टेपः

पश्चिमी देशको गुप्तचर एजेन्सीलाई युवराज खग्गोसी हत्याकाण्डसँग सम्बन्धित छन् भन्ने कुरा निकै अघिदेखि थाहा थियो । यो कुरा सार्वजनिक मात्रै गरिएको थिएन ।

अमेरिकी गुप्तचर एजेन्सी सीआईएका निर्देशक गिना हेस्पेलले टर्कीको राजधानी अंकारा पुगेर यो टेप सुनिन् । 

हेस्पेल जब अंकारा पुगिन् तब टर्कीका गुप्तचर अधिकारीले खग्गोसीको अन्तिम पललाई निके सनसनीपूर्ण अडियो टेप सुनाइयो । 

यो टेपमा खगगोसीलाई टर्कीस्थिती साउदी दूतावासभित्र साउदी अरबद्वारा पठाइएका एजेन्टले समात्दा र घाँटी थिच्दाका बेलाको संघर्ष सुन्न सकिन्छ । 

साउदी दूतावासभित्र टर्कीले गोप्य रेकर्डिङ गर्नु कूटनीतिक रुपमा गलत व्यवहारको उदाहरण हो । 

यद्यपि, खग्गोसीको घृणित हत्यालाई मध्यनजर गर्दै यसलाई उपेक्षित गरियो । यो रेकर्डिङलाई पश्चिमी देशका गुप्तचर एजेन्सीमाझ पनि साझा गरिएको थियो । 

ट्रम्प राष्ट्रपति रहँदा यो गोप्य रिपोर्ट बाहिर आउन दिइएन । यसो गरेर अमेरिकाको निकट सहयोगी साउदी अरबलाई बदनामीबाट बचाउन खोजिएको थियो । यद्यपि, अब त्यो सुरक्षा कवच हटिसकेको छ । 

अमेरिकालाई मन पर्दैन एमबीएसः

साउदी अरबका राजा बन्नका लागि एमबीएस अमेरिकाको पहिलो रोजाइ थिएनन् । अमेरिकाले प्रिन्स मोहम्मद बिन नायेफलाई अर्को राजा बनाइयोस् भन्ने चाहेको थियो । 

नायफ नै सत्ता पाउने लाइनमा सबैभन्दा अघि थिए । यद्यपि, एमबीएसले उनलाई सन् २०१७ मा हटाइदिएका थिए । 

नायेफलाई एमबीएन पनि भनिन्छ । उनी हाल हिरासतमा छन् । उनीमाथि भ्रष्टाचार र युवराजविरुद्ध षड्यन्त्र रचेको आरोप लागेको छ । यद्यपि, उनको परिवार यी आरोप अस्विकार गर्छ । 

वर्षौंसम्म एमबीएन साउदी शाही परिवारमा अमेरिकाका सबैभन्दा मुख्य सहयोगी रहे । आन्तरिक मन्त्रीको रुपमा उनले अल–कायदाको चरमपन्थ नष्ट गर्नमा सफलता पाए । आफ्नो गुप्तचर प्रमुख साद अल–जाबरीसँग मिलेर नायेफले सीआईएसँग नजिकको सम्बन्ध स्थापित गरेका थिए । 

अल–जाबरी अब क्यानडामा निर्वासित जीवन बिताइरहेका छन् र उनले अदालतमा एमबीएसले उनलाई मार्नका लागि एउटा समूह पठाएको दाबी गरेका थिए । 

यस्तोमा हालका युवराजको विषयमा सीआईएको असहजता स्पष्ट छ । 

सीआईएको अहिले पनि साउदी शाही दरबारमा एउटा राम्रो सम्बन्ध स्थापित गर्नु छ । सीआईएका लागि यो यसकारण पनि आवश्यक छ किनभने आइएस र अल–कायदाको विश्वव्यापी चरमपन्थको खतरा अहिले नै समाप्त भइसकेको छैन । 

यद्यपि, सीआईएले एमबीएनजस्ता कुनै धीर गम्भीर र सुरक्षित व्यक्तिसँग काम गर्न महत्व दिइरहेको छ र ऊ एमबीएसजस्ता अनपेक्षित रुपमा केही पनि गर्ने व्यक्तिसँग जान चाहँदैन । 

इरानका लागि मौकाः

साउदी अरब र अमेरिकाको सम्बन्धमा पैदा हुने कुनै पनि तित्तता साउदी अरबको क्षेत्रीय दुश्मन इरानका लागि एक उपहारजस्तो हो । 

जानकारका अनुसार वर्षौंदेखि जारी प्रतिबन्धको छायाँमा बस्दापनि इरानले मध्यपूर्वमा एक सटिक उद्देश्य हासिल गरेको छ । 

आफ्नो छद्म लडाकू संगठनमार्फत् लेबनान, सिरिया, इराक र यमनसम्म इरानले आफ्नो रणनीतिक पहुँच बनाएको छ । र यसरी साउदी अबर एक तरिकाले घेरिएको छ । 

जब राष्ट्रपति बाइडेनले यमनमा लडाईंका लागि साउदी अबरलाई अमेरिकी हतियार दिन रोक लगाउने घोषणा गर्दा इरानको समर्थन रहेको हूती विद्रोहीले यसको तत्काल फाइदा उठाए ।

हूती विद्रोहीले त्यतिबेलादेखि थुप्रै मोर्चामा अघि बढिसकेका छन् किनभने उनीहरुलाई गाहा छ कि उनको दुश्मनको अगाडि हतियारको संकट छ । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप