‘बी’ डिभिजन लिगः दुई खेल गोल रहित बराबरीमा सकियो
राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारी क्लब श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रपङ्क्तिले सदुपयोग गर्न सकेन ।
७ खेलबाट ७ अंक जोडेको श्री कुमारी क्लबसँग बराबरी रोकिँदा बासँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको हो । बाँसबारीको समान ७ खेलबाट १५ अंक भएको छ । बाँसबारी तालिकाको तेस्रो स्थानमा छ । अपराजित सातदोबाटो १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा १६ अंक जोडेको खुमलटार तालिकाको दोस्रो स्थानमा छ ।
यस्तै लिगको पहिलो खेलमा पुल्चोकले श्री भगवतीलाई रोक्न सफल भएको हो । जारी सम्पन्न लिगमा सुखद नजिता हात नपारेको पुल्चोकले दोस्रो बराबरी नतिजा निकाल्दा श्री भगवतीले जारी लिगमा तेस्रो बराबरी नतिजा आत्मसात गरेको हो । दुबै टोलीले जितका मैदान प्रवेश गरे पनि राम्रा अवसर सदुपयोग गर्न असफल बनेका थिए ।
अंक बाँडेका टोलीद्वय पुल्चोक र भगवतीको समान ७ खेलबाट अंक तालिकामा क्रमस २ र ६ अंक भएको छ । पुल्चोक तालिकाको पुछारमा रहेको छ भने भगवती नवौं स्थानमा यथावत रहेको छ ।
प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेल ब्वाइज युनियन क्लब र नयाँ बस्ती तथा दोस्रो खेल झम्सिखेल युथ क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी