शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली बाहेक अरुसँग पार्टी एकता  हुन्छ  : युवाराज ज्ञवाली

शनिबार, १५ फागुन २०७७, १९ : ०१
शनिबार, १५ फागुन २०७७

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी इन्चार्ज युवराज ज्ञवालीले  प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरु सबैसँग पार्टी एकता कायमै रहने बताएका छन् ।

शनिबार प्रचण्ड  नेपाल पक्षका नेकपा गुल्मी जिल्ला कमिटीले सदरमुकाम तम्घासमा आयोजना गरेको  अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले ओली सहितको पार्टी एकता सम्भव नै नहुने ठोकुवा गरे ।

‘जसले नेपाली जनताले ७० बर्ष अघि देखि लडेर ल्याएको संविधान खोस्न खोजेको छ ।  सांसद विगठन गरेर देश र जनतालाई अहित गर्ने काम गरेको छ,’ उनले थपे, ‘मुलुकको अहित मात्र होइन राष्ट्रघाती अपराध गरेको छ अझ हामीले त्यस्ता अपराधी  संग पार्टी एकता गर्न सक्छौं  यस्तो कुनै पनि हालमा सम्भव छैन, अरु सबैसँग भने हामी पार्टी एकता गर्न सक्छौं ।’

नेता ज्ञवालीले केपी ओली तत्कालीन माओवादीसँग पार्टी एकता कम्युनिष्ट आन्दोलनका लागि नभएर कुर्चीका लागि पार्टी एकता गरेको पुष्टि भएको ठोकुवा गरे  ।

'हामीले त दुबै कम्युनिष्ट पार्टीको बिचार सिद्धान्त एउटै भएका कारण पार्टी एकता चाहेका थियौं र गएको निर्वाचनमा एउटै घोषणा पत्र लिएर  जनता समक्ष गएर भनेका थियौ पछि हामी दुई वटा पार्टी एउटै हुने छौं भनेर बाचा पनि गरेका थियौं , ओलीजी हो कि होईन ?  अनि अहिले आएर  साविक एमालेलाई प्रचण्डलाई लगेर बुझाइयो भन्ने भ्रम छर्ने ? ,' उनको प्रश्न छ ।

उनले भने, ‘पार्टी एकताको घोषणा  गर्ने, हस्ताक्षर गरेर जनताको बहुदलीय जनवाद  ठाउँमा जनताको जनवाद राख्ने ओलीजी तपाईं होइन ? हामीले त समर्थन मात्रै जनाएका हुँ । अहिले आएर जनताको बहुदलीय जनवाद खोज्ने ? 

उनले  अहिले न  साविक एमालेमा माओवादी विलय भएको र न साविक माओवादी एमालेमा विलय भएको भन्दै ओली समूहले  छरेको भ्रमबाट मुक्त कार्यकर्ताहरूलाई  आग्रह  गरे ।

‘कोही कसै संग विलय भएको होईन । कम्युनिष्ट पार्टीको एकता भएको हो , ओली समुहको भ्रममा नपर्नु होला,’ उनले भने ।

‘आफैले विघटन गरेको सांसदमा ओलीजी फेस गर्न जाने रे’  उहाँ सँग अलिकति पनि नैतिकता र इमानदारिता छ भने राजीनामा दिनु पर्छ , नेता ज्ञवालीले भने, ‘उहाँको  अनैतिकता देखेर अहिले त लाज पनि उहाँ सँग लजाउँछ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप