शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली प्रवृत्ति  र केशरजंग रायमाझी प्रवृत्ति एउटै हो : जगप्रसाद शर्मा

शनिबार, १५ फागुन २०७७, १९ : २९
शनिबार, १५ फागुन २०७७

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सचिव जगप्रसाद शर्माले गत दुई महिनादेखि र अब पनि केपी ओली प्रवृत्ति विरुद्धको लडाई लडिने बताएका छन् ।

शनिबार  सो पार्टी गुल्मी जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता शर्माले भने, ‘केपी ओली व्यक्ति विरुद्धको लडाई होइन यो केपी ओली प्रवृत्ति विरुद्धको लडाई हो ।’

‘केपी ओली ब्यक्तिलाइ मात्र दोष दिएर पुग्दैन । ताकी केपी ओली प्रवृत्ति जन्माउन यहाँको एउटा वर्गको पनि  हात छ  । जसले अहिलेको ब्यवस्था रुचाउँदैन । कम्युनिष्ट  आन्दोलन सखाप  होस भन्ने चाहन्छ । त्यसैले केपी ओली प्रवृत्तिका जन्म भएको हो, ’ उनले भने ।

उनले केपी ओली प्रवृत्ति  र केशरजंग रायमाझी प्रवृत्ति एउटै भएको टिप्पणी गरे । केशरजंग रायमाझी महासचिव हुँदा नेपालको कम्युनिष्ट आन्दोलनलाई दरबारमा लगेर बुझाएका थिए । अहिले सांसद विघटन गर्नुपनि केपी ओलीको कम्युनिष्ट आन्दोलन माथि प्रहार हो,'  उनले भने  ।

उनले थपे, ‘कम्युनिष्ट आन्दोलनमाथि मात्रै  प्रहार गरेनन् ओलीले  संविधानमाथि  पनि प्रहार गरे । राष्ट्रवादका नाममा राष्ट्रियतामाथि पनि गम्भीर प्रहार गरेका छन । अहिले कोपी ओली समूहमा जानु भएका कमरेडहरुले पनि समीक्षा गर्न जरुरी छ , हामीले त श्वेतपत्र नै जारी खडा गर्ने भएका छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप