
माधवलाई ईश्वरको प्रश्न : यस्तो अनुचित, क्षुद्र र अनैतिक दबाब किन ?

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालमाथि प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको बारे प्रश्न उठाएका छन् । तत्कालीन मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले संसद् भंग गर्दा अदालतले पुनःस्थापना गरिदिएको घटना नेपाललाई ओली समूहका नेता पोखरेलले स्मरण गराएका हुन् ।
उनले शनिबार साझा ट्वीट गर्दै,'ताजा जनादेशका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो ।'
त्यतिबेला एमालेले अदालतको निर्णयविरुद्ध सडक आन्दोलनको नेतृत्व नेपालले गरेको थियो । उनले यस्तो पृष्ठभूमिसित गाँसिएका नेपालले समेत नैतिकताको हवाला दिएको भन्दै प्रश्न उठाए ।
'यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन् । यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ?.' पोखरेलको प्रश्न छ ।
संसद्को सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भन्दै उनको थप प्रश्न छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Feb. 28, 2021, 12:32 p.m. राम गुरूंगप्रतिनिधि सभा बिघटन गर्नेहरु संसदको सर्बोचता मान्ने रे। पानीटैंकी वाले सकियो तिम्रो राजनीति अब ।
- 0 Reply