नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने
नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् ।
यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी निगम र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ ।
केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाका अनुसार हाइड्रोजन उत्पादन तथा व्यावसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछध्र कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छध्र विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार तथा निगमले गर्नुपर्ने नितीगत परिमार्जन तथा स्वीकार्यताका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।
हाइड्रोजन उत्पादनमा प्रयुक्त प्रविधिलाई नेपाल भित्र्याउने र त्यो प्रविधिलाई नेपालको अवस्थाअनुसार स्वीकार्यता सिर्जना गर्न रूपान्तरण गर्नेसम्मको योजना यसमा बनाइएको छ । नेपालमा हालसम्म हाइड्रोजनको व्यावसायिक उपयोगिता सुरु भइसकेको छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी