शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा अवैध सालको काठ बरामद

आइतबार, १६ फागुन २०७७, १० : २२
आइतबार, १६ फागुन २०७७

रौतहटबाट  वन सुरक्षा गस्ती टोलीले अवैध सालको  काठ बरामद गरेको छ । गुजरा नगरपालिका ३ स्थित सिमरी गाउँ नजिकैको धन्सार खोलामा ना५ त ५२ ४५ नम्बरको ट्याक्टरमा सालको काठ लोड अवस्थामा बरामद भएको सब डिभिजन बन कार्यालय जङ्गलसैयाका प्रमुख विमल ठाकुरले बताए । 

काठ तस्करी हुँदै गरेको विशेष सूचनाका आधारमा जङ्गलसैयाबाट वन सुरक्षा टोली  खटिएको थियो । ठाकुरका अनुसार काठ तस्करीमा संलग्न भने भाग्न सफल भएका छन् ।  काठ सहितको सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय जङ्गलसैयामा पठाइएको. डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप