यो ट्रेलर थियो... कारको जिम्मेवारी लिँदै जैश–उल हिन्दको अम्बानीलाई धम्की
महाराष्ट्रको मुम्बईमा मुकेश अम्बानीको घर बाहिर बिस्फोटले भरिएको गाडीको मामिलामा जैश–उल हिन्द नामको एक संगठनले जिम्मेवारी लिएको छ । यो संगठनले टेलीग्राम एपमार्फत् यो कुराको जिम्मेवारी लिएको हो । केही दिन अघि यसै संगठनले दिल्लीमा इजराइल दूतावास बाहिर भएको बिस्फोटको जिम्मेवारी लिएका थिए । यो संगठनको तर्फबाट बिटकोइनसँग पैसाको माग पनि गरिएको थियो ।
मेसेजमार्फत् अनुसन्धान एजेन्सीलाई चुनौतीः
संगठनले एक मेसेजमार्फत् अनुसन्धान एजेन्सीलाई चुनौती दिएको छ । मेसेजमा लेखिएका छ, ‘रोक्न सक्छ भने रोक । जब हामीले तिम्रो नाकै अगाडि दिल्लीमा तिमीहरुलाई हिट गर्दा तिमीहरुले केही गर्न सकेका थिएनौ । तिमीहरुले मोसादसँग हात मिलायौं तर केही पनि भएन । तिमीहरु नराम्रोसँग फेल भयौ र पछि पनि तिमीहरुले सफलता पाउने छैनौ ।’
मेसेजको अन्त्यमा लेखिएको छ, ‘(अम्बानिजका लागि) तिमीलाई थाहा छ, तिमीहरुले के गर्नुपर्छ । तिमीहरुलाई पहिले जे भनिएको छ, मात्र त्यो पैसा ट्रान्सफर गर ।’
२५ फेब्रुअरीमा मुकेश अम्बानीको निवासस्थान एन्टिलिया बाहिर संदिग्ध कार र २० जिलेटिनको छड भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा