थाइराइड सन्तुलनमा राख्न खानैपर्ने ५ खानेकुरा
थाइराइड गम्भीर समस्या हो । यसले शरीरमा अचानक तौल बढाउने र अचानक घटाउने गर्छ । घाँटी सुन्निने, कपाल झर्ने र मुटुको चाल बढाउने जस्ता समस्याहरु पैदा गर्छ । महिलाहरुमा धेरै मात्रामा थाइराइडको समस्या देखापर्छ ।
थाइराइड घाँटीमा हुने एक प्रकारको समस्या हो । यो घाँटीको अगाडीको भागमा रहेको एउटा ग्रन्थी हो। रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३ र ट्राइआयोडो थाइरोनिन टी–४ हर्मोन उत्पादन गर्छ।
थाइराइडको ग्रन्थी घाँटीको अघिल्लो भागमा थुक निल्दा चल्ने एउटा २० देखि २५ ग्रामको ग्रन्थी हो। यसले शरीरको धेरै कुरा नियन्त्रण गर्छ। जस्तै शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने हो।
यसले शरीरमा हुने अनावश्यक झोलपदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्छ। विशेषगरी मुटुको धड्कन मिलाउने, नियन्त्रण गर्ने काम गर्छ। त्यो हर्मोन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ।
थाइराइड सन्तुलन राख्न के खाने ?
बेसार
एक गिलास दूधमा बेसारको पाउडर हालेर पिउँने गर्दा थाइराइड सन्तुलनमा रहन्छ ।
लौकाको जुस
थाइराइड बढ्ने र घट्ने समस्यामा लौकाको जुस पिउने गर्नुपर्छ ।
फलफूल
थाइराइडका रोगीले फलफूलको अत्यधिक सेवन गर्नुपर्छ । फलफूलमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । जसले थाइराइडका कारण आउने समस्याबाट बचाउँछ ।
माछा
थाइराइडका बिरामीले माछाको सेवन गर्नुपर्छ । समुन्द्री माछाहरु सेलफिश र झिंगामा आमेगा ३ फ्याटी एसिड पाइन्छ जसले थाइराइडका रोगीलाई फाइदा पुर्याउँछ ।
तुलसी
दुई चम्चा तुलसीसँग आधा चम्चा घयूकुमारीको जुस मिसाएर हरेक दिन सेवन गर्दा थाइराइड सन्तुलनमा रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुनः निर्वाचित
-
एक दशकसम्म सम्पन्न भएनन् काठमाडौँ उपत्यकाका यी आकासे पुल (तस्बिरहरू)
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण