शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यूयोर्क सहरभन्दा ठूलो आइसबर्ग टुक्रियो

आइतबार, १६ फागुन २०७७, ११ : ५९
आइतबार, १६ फागुन २०७७

अन्टार्कटिकामा ब्रन्ट आइस सेल्फबाट बरफको ठूलो हिस्सा शुक्रबार टुक्रिएर अलग भएको छ । यो स्थान बेलायतको साइन्टिफिक आउटपोष्ट नजिकै रहेको छ ।

ब्रिटिश अन्टार्टिक सर्भे (बीएएस) का अनुसार बरफको टुक्रिएको हिस्सा १२७० वर्ग किलोमिटर ठूलो रहेको छ । यसको आकार न्यूयोर्क शहरभन्दा ठूलो रहेको छ ।

बीएएसका अनुसार यो बरफको मोटाइ करीब १५० मिटर रहेको छ । यसमा ठूलो दरार देखिएसँगै वैज्ञानिकहरुले यो ठूलो आइसबर्ग टुक्रिने आशंका जताइरहेका थिए । गत नोभेम्बरमा आइसबर्गमा दरार देखिएको थियो ।  जनवरीमा उक्त दरार एक किलोमिटर लामो बनेको थियो ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप