कृषा बनिन् नयाँ मिस नेवाः
काठमाडौँ । ‘नेपाल ११४१’को उपाधि कृषा महर्जनले चुमेकी छन् । काठमाडौं डल्लुकी महर्जनले शनिवार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछाडि छोड्दै ‘पन्ध्रौं मिस नेवाः नेपाल ११४१’को ताज चुमेकी हुन् ।
बिजेता महर्जनले उपाधिका साथमा नगद १ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।
नेप्लीज फेसन होमद्वारा आयोजित प्रतियोगितामा ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार फष्ट रनर्सअप र कलंकी काठमाडौंकी कृष्टीना महर्जन सेकेण्ड रनर्सअप चुनिए । उनीहरुले उपाधिका साधमा क्रमश २५ हजार र १५ हजार रुपैयाँ नगद समेत प्राप्त गरे ।
नेवारी कला र संस्कृति झल्किने विभिन्न झाँकी प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेण्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनिषा महर्जन वेष्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल वेष्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप, प्रियाले मिस पब्लिक च्वाईस र कृष्टीनाले मिस चार्मिङको उपाधि हात पारे ।
रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलद्वारा सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षीता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जिवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक शृङ्खला खेल्न भारत जाने नेपाली क्रिकेट टोलीको बिदाइ
-
राप्रपा अनिर्णीत हुँदा गण्डकीमा ठुलो दलको हैसियतमा कांग्रेसकै सरकार बन्ने सम्भावना
-
सेयर बजारमा ४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
-
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
-
महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल भैइरहेको छ : मन्त्री चौधरी
-
युवाको विदेश पलायन घटाउन ‘रिटर्नी’को पुनर्स्थापना कसरी गर्ने ?