शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद पुनःस्थापनापछि सभामुख सक्रिय

आइतबार, १६ फागुन २०७७, १२ : ५९
आइतबार, १६ फागुन २०७७

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले गत फागुन ११ गते बदरको फैसला सुनाएको थियो । 

त्यसपछि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न कानुन व्यवसायी, संसदीय समितिका सभापति र प्रतिनिधिसभा सदस्यहरुसँग नियमित भेटघाट तथा परामर्श गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।

सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले प्रतिनिधिसभा पुनःस्थापनासँगै सभामुखको सक्रियता बढ्नुलाई स्वभाविक भएको बताए ।  ‘संसदको नेता सभामुख हुने भएकाले पछिल्लो समय भेटघाट र छलफलहरु स्वभाविक रुपमा बढेका छन्’ ती भेटघाट, छलफल र परामर्शमा प्रतिनिधि सभा बैठकसँगै केन्द्रीत हुने गरेको न्यौपानेले बताए । 

उनले शुक्रबारदेखि नै सभामुखले सरोकारवालासँग छलफल र परामर्श गरिरहेको जानकारी दिए ।  सरकारले आगामी फागुन २३ गते संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप