सस्तोडिलबाट किनमेल गर्दा एनआईसीको कार्ड प्रयोग गरे १२ प्रतिशत नगद फिर्ता
काठमाडौं । एन आई सी एशिया बैङ्कले आफ्ना ग्राहक महानुभावहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तोडिलमार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५ सयसम्म नगद फिर्ता हुने भएको छ ।
बैङ्कको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहक महानुभावहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ । बैङ्क र सस्तोडिल बीचको समझदारीअनुसार फागुन १५ देखि प्रत्येक शनिबार यस बैङ्कका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन् ।
यसका लागि ग्राहकहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको साताको अन्तिम दिनपछि बैङ्कले निजले प्राप्त गर्नुपर्ने नगद फिर्ता रकम सम्बन्धित बैङ्क खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ ।
यस योजनामा यस बैङ्कको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिनुभएका ग्राहक सहभागी हुन सक्नेछन् । यसका लागि ग्राहकहरूले बैङ्कको आई सर्भिस डिजिटल सेवामा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी