
ADVERTISEMENT
एनएमबिका ग्राहकहरुले पाउनेछन् बी एण्ड बी अस्पतालमा यस्तो सहुलियत

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०%सम्म छुट दिने भएको छ ।
उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्ड होल्डर ग्राहकहरू तथा कर्मचारीहरुलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५% र अन्तरंग (भर्ना) मा ७% छुट उपलब्ध गराउने समझदारी भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ