भारतमा भाले जुधाइमा मारिए मालिक
भारतको तेलंगानामा अवैध भालेजुधाइ खेलका लागि एक भालेको खुट्टामा चक्कू बाँधिएको थियो । यो भालेले आफ्नै मालिकको ज्यान लिएको छ ।
भालेले भाग्ने कोसिस गरेको थियो र त्यतिबेला उसको खुट्टामा बाँधिएको चक्कूले उनका मालिकलाई गम्भीर चोट लाग्यो । यी व्यक्तिलाई अस्पताल लगियो जहाँ उनको अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भयो ।
उक्त कार्यक्रममा भाग लिएका अन्य १५ जनाको प्रहरीले खोजी गरिरहेको छ । भाले जुधाइ तेलङ्गना राज्यको लोथुनुर गाउँमा आयोजना भएको थियो ।
यी व्यक्तिको मृत्युपछि भालेलाई प्रहरी स्टेशन लगिएको थियो । त्यहाँबाट भालेलाई फार्ममा पठाइएको छ ।
प्रहरीका अनुसार भालेलाई जुधाउनका लागि तयार गरिँदै थियो र त्यति नै बेला उसले भाग्ने कोसिस गरेको थियो ।
भाग्न लागेका कारण मालिकले भालेलाई समात्ने कोसिस गरेका थिए । दुई बीचको संघर्षमा भालेको खुट्टामा बाँधिएको ७ सेन्टिमिटर (३ इन्च) लामो चक्कूले मालिकलाई चोट लाग्यो ।
एएफपी न्यूज एजेन्सीको रिपोर्ट अनुसार उक्त कार्यक्रममा संलग्न मानिसहरुमाथि हत्या, अवैध सट्टेबानी र भाले जुधाइ आयोजना गरेका आरोप लगाइएको छ ।
स्थानीय प्रहरी अधिकारी बी जीवनलाई उद्धृत गर्र्दै द न्यू इन्डियन एक्सप्रेसले दिएको जानकारी अनुसार भालेलाई अदालतमा पेश गरिनेछ ।
भातमा भाले जुधाइमाथि सन् १९६० मा रोक लगाइएको थियो तर तेलंगानाको ग्रामीण इलाकासमेत केही स्थानमा यस्ता लडाईं अहिले पनि आयोजना गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी