यती समूहका संस्थापक शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने
काठमाडौं । यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो बार्षिक स्मृतिमा यही फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ ।
यती एअरलान्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिने प्रतियोगिता हुने भएको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
“पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौं,”प्रवक्ता बर्तौलाले भने ।
यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत र व्यवस्थित बनाउँदै नेपालको सुदुरपश्चिम देखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।
उक्त प्रतियोगितामा रजिष्टे«शन शुल्कमार्फत संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ ।
प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेस्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै ५ लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरूले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।
जसमा एअर डाइनेस्टी, हिमालय एअरलाइन्स, यती एअरलाइन्स, तारा एअर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एन्ड डाउनी रहेका छन् । टुर्नामेन्टको मुख्य आयोजकको रुपमा यती एअरलाइन्स र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् ।
यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २७ फेब्रुअरी २०१९ अर्थात् वि.स. २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । स्व शेर्पालाई गल्फमा विशेष रुचि र लगाव थियो । नेपालको पर्यटन विकास तथा प्रवर्धनमा निकै महत्वपूर्ण योगदान दिएका स्व. शेर्पाको यस क्षेत्रमा छुट्टै छाप र परिचय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी