१४ वर्षमा बन्यो मुगल–ए–आजम, पानी सरह बगाइएको थियो पैसा
हिन्दी सिनेमाको सबैभन्दा पहिलो शानदार र महँगो फिल्म बनाउने करिमुद्दीन आसिफ (के आसिफ) ले त्यो जमानामा आफ्नो सबैकुरा दाउमा लगाइदिएका थिए । ‘मुगल–ए–आजम’ बनाउन १४ वर्ष लाग्यो र यो फिल्मको लागत करिब १.५ करोड बताइएको छ जुन त्यो बेलाको असाध्यै महँगो फिल्म मानिन्छ । ‘मुगल–ए– आजम’ फिल्म सन् १९६० मा प्रदर्शनमा आएको थियो । यो फिल्म हिन्दी सिनेमाको इतिहासको चर्चित फिल्ममध्येको एक हो । के आसिफको शानदार निर्देशन, भव्य सेट, उत्कृष्ट सङ्गीतका कारण यो फिल्म आज पनि त्यत्तिकै याद गरिन्छ ।
के आसिफले आफ्नो जीवनकालमा भारतीय सिनेमाको ऐतिहासिक फिल्म मुगल–ए–आजम बनाए जसले फिल्म इन्डष्ट्रिलाई एउटा छुट्टै श्रेणी दिन सफल भए । यो फिल्मले हिन्दी फिल्म इन्डष्ट्रिका थुप्रै मानिसहरुलाई प्रभावित गर्यो । यो फिल्मको स्टारडम यति बढ्यो कि दिलिप कुमार सुपरस्टार बने । यो फिल्म दिलिप कुमारको करियरको ऐतिहासिक फिल्म साबित भयो । फिल्ममा दिलिप कुमार, मधुबाला र पृथ्वीराज कपुरको भूमिका आज पनि निकै याद गरिन्छ ।
करोडौंमा बनेको फिल्मको सेटअपः
के आसिफको कुशल निर्देशनमा बनेको फिल्म मुगल–ए–आजमको सेटअप त्यो जमानामा करोडौं खर्चमा तयार गरिएको थियो । भारी बजेट खर्च गरेका कारण निर्देशकको आर्थिक स्थिती असाध्यै बिग्रिएको भारतीय सञ्चार माध्यमले बताएको छ । खस्कँदो आर्थिक स्थितीका कारण उनी तनाव भएको र आफ्नो आवश्यकता पूरा गर्नका लागि उनले मानिसहरुसँग उधारो माग्नु परेको बताइन्छ ।
दिलिप कुमारका बहिनी ज्वाईं थिए आसिफः
के आसिफको विवाह दिलिप कुमारकी बहिनी अख्तर बेगमसँग भएको थियो । एकपटक अख्तर बेगम र आसिफबीच झगडा भयो । दिलिप बचाउन पुग्दा आसिफले उनलाई ‘आफ्नो स्टारडम मेरो घरबाहिर राख’ भनेका थिए । दिलिप कुमार उनको यो कुराले असाध्यै रिसाएका थिए । दिलिप आसिफसँग यति रिसाए कि उनी फिल्मको प्रिमियरसम्म पनि गएका थिएनन् ।
५ अगस्ट सन् १९६० मा रिलिज भएको फिल्म ‘मुगल–ए–आजम’ लाई त्यस वर्ष फिल्मफेयर ले उत्कृष्ट फिल्मको पुरस्कार पनि प्रदान गरेको थियो । सन् १९६० मा बनेको यो फिल्मको सेट त्यतिबेला आफ्नो भव्यताका लागि निकै चर्चामा रहेको थियो । फिल्म मुगल–ए–आजमको गीत ‘प्यार किया तो डरना क्या’ लाहौर किलेको शीशमहलको हुबहु कपीमा सुट गरिएको थियो र यो शीशमहलको यो कपी अर्थात् सेट बनाउनमा २ वर्षको समय लागेको थियो । यो त्यतिबेलाको भारतको सबैभन्दा महँगो फिल्म सेट थियो जसलाई बनाउन करिब १५ वर्ष लाखको खर्च आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी