बैंकहरुले अबदेखि विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने
आइतबार, १६ फागुन २०७७, १७ : ०७
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तिय संस्थालाई जारी गरेको एकीकृत निर्देशिकालाई संसोधन गर्दै सो व्यवस्था गरेको हो ।
निर्देशिकाको बुँदा नम्बर १६ को उपबुँदा ‘क’ मा खण्ड ९ थप गर्दै सो व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । संशोधित निर्देशिकामा भनिएको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट हुने खर्चको बढीमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिनेछ ।’
नियामक राष्ट्र बैंकले पछिल्लो समय डिजिटल कारोबारलाई महत्व दिँदै आएको छ । विशेषगरी क्यूआर कोड भुक्तानीलाई जोड दिदै गर्भनर क्यूआर कोडको उद्घाटनमा व्यस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै