लाइभ कार्यक्रम चलाइरहेका सञ्चारकर्मीलाई बन्दुक तेर्स्याइयो, यसरी लुटियो (भिडियोसहित)
इक्वेडरका एक टेलिभिजन रिपोर्टर र उनको क्यामेरा ‘क्रू’ लुटपाटमा परेका छन् । त्यो पनि लाइभ कार्यक्रम सञ्चालन गरिरहेका बेला ।
मास्क लगाएका एक लुटेराले १२ फेब्रुअरीमा डिएगो ओर्डिनोलालाई बन्दुक तेर्स्याएका हुन् । इक्वेडरको डाइरेक टिभी स्पोर्टस्का यी रिपोर्टर उक्त दिन इसिड्रो रोमियो कार्बो मोनुमेन्टल रंगशालाबाहिर रिर्पोटिङ गर्दै थिए, यो रंगशाला स्थानीय बार्सिलोना एससी फुटबल क्लबको गृह मैदान हो । यति नै बेला बेसवल क्याप र अनुहारमा मास्क लगाएका एक व्यक्ति उनीसामु आएर बन्दुक तेर्स्याए । यी बन्दुकधारीहरुले क्रूका सदस्यहरुसँग टेलिफोनहरू मागे । त्यसपछि क्रूका एक सदस्यले आफ्नो स्मार्टफोन दिए । त्यो स्मार्टफोन बोकेर उनी टोलीलाई स्तब्ध पार्दै भागे ।
ओर्डिनोलाले ट्वीटरमा शेयर गरेपछि यो भिडियो भाइरल बनेको छ। ‘हामी शान्तसँग काम गर्न पनि सक्दैनौ । आज १ बजे मोनुमेन्टल रंगशालाबाहिरै यस्तो घटना भयो,’ ओर्डिनालाले लेखेका छन् । यस घटनापछि एक क्यामेराम्यानले बन्दुकधारीलाई पिछा गरेका थिए, ती बन्दुकधारी मोटरसाइकलमा पछाडि बसेर भागेका छन् । भिडियोलाई लाखौं पटक ट्वीटरमा मात्रै हेरिएको छ । अन्य सामाजिक सञ्जालमा पनि यो भिडियो भाइरल बनेको छ ।
ओर्डिनोलाले त्यसयता फेरि ट्वीट गर्दै समर्थनका लागि मानिसहरुलाई धन्यवाद दिएका छन् । प्रहरीले लुटेरालाई पक्राउ गरेर न्याय दिने वाचा गरेको उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई
-
पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन
-
लोकतन्त्र त आयो, युवा पलायन किन बढ्यो ?
-
कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त
-
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?