
पाल्पामा एकै दिन ११८ जनालाई नेपाल बैंकले वितरण गर्यो क्यूआर स्ट्यान्ड

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन १ सय १८ जनालाई फोन पेको क्यूआर स्ट्यान्ड वितरण गरेको छ ।
तानसेन नगरपालिकाका मेयर अशोक कुमार साखीको उपस्थितिमा ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाइक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यूआर स्ट्यान्ड वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर शाहीले अब व्यवसायमा क्यासलेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने भएकाले सबैले यसको प्रयोगलाई बढाउनुपर्ने र यसको लागि तानसेनका बैंक तथा वित्तीय संस्थाहरुले यस किसिमको जागरणका कामहरु गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने हुँदा नेपाल बैंकद्वारा संचालन गरिने फोन पेको क्यूआर प्रयोगबाट नगद रहित कारोबार बढ्न जाँदा यसले समग्र रुपमा देशलाई नै फाइदा पुग्ने बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ