बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अम्बे स्टिल्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

आइतबार, १६ फागुन २०७७, १९ : ०७
आइतबार, १६ फागुन २०७७

काठमाडौं । छड उत्पादक कम्पनी अम्बे स्टिलले फागुन १४ गते नुवाकोटमा डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । 

अम्बे स्टिलले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुईवटा फ्याक्ट्रीमा नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पुर्याउँदै आएको छ । यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको हाई क्वालिटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पु¥याउँदै आएको छ ।

कार्यक्रममा कम्पनीलाई उचाइमा पुर्याउन डिलरहरूको मिहिनेत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल भएको थियो ।

अम्बे स्टिल्सका प्रतिनिधिले डिलरहरूको मिहिनेत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको बताए । अझै बढि ग्राहक सेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै पर्नेमा कम्पनीको जोड थियो । 

उक्त कार्यक्रममा अम्बे स्टिल्सका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिष्ठ अधिकारीहरुको सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य वर्षौदेखि अम्बे स्टिलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुको साथै डिलरहरु बीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप