नोबेलका डा.यादवले गरे एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया
बिराटनगर । नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् । अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपिक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्त थैलीको पत्थरी निकालिएको हो ।
एउटै व्यक्तिले एकैदिन १४ जनाको शल्यक्रिया गरेको रेकर्ड नेपालमा हालसम्म नरहेको डा.यादवको दावी छ । ‘एकैदिन १०/१२ जनासम्मको शल्यक्रिया गरेको सुनेको थिए । तर, एउटै सर्जनले एकैदिन त्यो भन्दा बढी शल्यक्रिया गरेको रेकर्ड हालसम्म थाहा छैन,’ डा.यादवले भने–‘एकैदिन एउटै सर्जनले १४ जनाको सर्जरी गरेको सम्भवतः यो नेपालमै पहिलो रेकर्ड हो ।’
शल्यक्रिया गरिएका सवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । शनिवारसम्म १४ जना नै निको भएर डिस्चार्ज भइसकेका छन् । १६ वर्षअघिदेखि शल्यक्रिया थालेका डा. यादव विगत अढाई बर्षदेखि नोबेलमा कार्यरत छन् । हालसम्म करिब १० हजार बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिसकेको डा.यादव बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान