शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैदीका आफन्त प्रदर्शनमा

आइतबार, १६ फागुन २०७७, २३ : ०२
आइतबार, १६ फागुन २०७७

एजेन्सी । बेल्जियमको नामुर कारागारमा एक सय ३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ । सरकारले थुनामा रहेका कैदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ । प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको सङ्क्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताएका छन् ।।

महामारी नियन्त्रणका लागि प्रयाप्त सतर्कता अपनाइरहेका समय सङ्क्रमण फैलिएको र यसलाई नियन्त्रणमा ल्याउनका लागि थप कदम चाल्ने उनले बताए । बेल्जियममा हालसम्म पनि रात्रिकालीन लकडाउन जारी छ । बेल्जियममा आइतबारसम्म ७ लाख ६६ हजार ६ सय बढी कोरोना संक्रमित छन् भने २२ हजारको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप