शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, तर चाँडै शल्यक्रिया गर्न सुझाव

सोमबार, १७ फागुन २०७७, १० : ०१
सोमबार, १७ फागुन २०७७

दिल्ली । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ । वायोप्सी, DOTA NOC परीक्षण,  Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् ।

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएका छन् ।

जसपाका युवा नेता विश्वदीप पाण्डेका अनुसार अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उहाँले डा। प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए ।

अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप