
‘द ब्याण्ड च्याम्पियन नेपाल’ छानिने

काठमाडौँ । नेपालमै पहिलो पटक सांगीतिक ब्याण्डहरुबीच प्रतिस्पर्धा रहने रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’ आयोजना हुने भएको छ । ‘द लास्ट फ्राइडे’ नामक संस्थाले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
देशभित्र लुकेर रहेका वा ओझेलमा रहेका सांगीतिक ब्याण्डहरुलाई अगाडि ल्याउने उद्देश्य सहित रियालिटी शो सुरु गर्न लागेको आयोजक संस्था ‘द लास्ट फ्राइडे’ जनाएको छ ।
रवि श्रेष्ठको निर्देशन रहने शो हिमालय टेलिभिजनबाट आगामी वैशाख १५ गतेदेखि प्रसाररणमा ल्याउने तयारी गरिएको छ ।
नेपालका टेलिभिजन इतिहासमा पहिलो पटक यस प्रकारको रियालिटी शो आयोजना हुन लागेको हो । शोको निर्णायकमा ड्रमर देव राना, गायक तथा गिटारिष्ट ज्योति घिमिरे र हार्ड रक विधाका गायक रवीन तामाङ रहेका छन् ।
शोको विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । उप विजेताले समेत पुरस्कार जित्न सक्ने शोका निर्देशक श्रेष्ठले जानकारी दिए ।
शोमा सहभागीताको बिषयमा भने आयोजकले केही समयपछि जानकारी सार्वजनिक गर्ने बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ