शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुलेश्वरको फलफुल बजारबाट १८ लाख ७८ हजार रुपैयाँसहित ३ जना पक्राउ

सोमबार, १७ फागुन २०७७, १२ : ४४
सोमबार, १७ फागुन २०७७

काठमाडौंको कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका- ६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् । 

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप