अलग भएका आसिम र हिमान्शी, कपल तस्बिर समेत गरे डिलिट !
मुम्बई । पञ्जाबी गायिका हिमान्शी खुराना र मोडल आसिम रियाजको प्रेमको सुरुवात ‘बिग बास १३’शोमा भएको थियो । आसिमले राष्ट्रिय टेलिभिजनमार्फत हिमान्शीसँगको प्रेम बाहिर ल्याएका थिए । त्यो समय मानिसहरुलाई दुबैको जोडी मन परेको थियो । उक्त समय कतिपयले भने यो जोडीको सम्बन्ध धेरै टिक्दैन समेत भन्थे ।
तर, शोको अन्तसम्म उनीहरुको सम्बन्ध झन् गहिरो भएको थियो । दुबैले कयौं म्युजिक भिडियोमा समेत एकसाथ काम पनि गरे । केहीदिन पहिले हिमान्शीले हिराको रिंग फलोन्ट गरेको तस्बिर समेत बाहिर आएको थियो । जसलाई देखेर दुबैले विवाह गरेको अनुमान लगाइएको थियो । तर अहिले खबर बाहिर आएको छ । दुबैले एक अर्काेसँग बाटो अलग बनाएका छन् ।
आसिम र हिमान्शीले सामाजिक सञ्जालमा एक अर्काेलाई अनफलो समेत गरेका छन् । यतिमात्र होइन दुबैले इष्टाबाट कपल तस्बिर समेत डिलिट गरेका छन् । सामाजिक सञ्जालमा उनीहरु अलग भएको खबरले हल्ला मच्चिएको छ । कयांै मानिस उनीहरुको सम्बन्ध यथावत देख्न भगवानसँग पुकार गरिरहेका छन् ।
आसिमले हिमान्शीलाई ‘बिग बास १३’ को सेटमै प्रपोज गरेका थिए । उस समय उनी एक ब्यक्तिसँग डेट गरिरहेकी थिइन् । हिमान्शीले आमिसका लागि १० बर्ष पुरानो सम्बन्ध छोडेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा