बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका नेता ओली समूहमा प्रवेश

सोमबार, १७ फागुन २०७७, १४ : ०८
सोमबार, १७ फागुन २०७७

नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) समूहका नेता बाबुलाल शाक्य नेकपाको केपी ओली समूहमा प्रवेश गरेका छन् । विप्लव समूहका विशेष जिल्ला कमिटी सदस्य समेत रहेका शाक्य नेकपा ओली समूहको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा पार्टी प्रवेश गरेका हुन् । सो क्रममा सम्बोधन गर्दै उनले आफू पार्टी प्रवेश गरेको भन्दा पनि मुल घरमा आएको अनुभूति भएको बताए । 

सो क्रममा विप्लवका अन्य कार्यकर्ताका साथै काँग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर दर्जनौं नेता कार्यकर्ता पनि ओली समूहमा प्रवेश गरेका थिए । 
नवप्रवेशीलाई गृहमन्त्री रामबहादुर थापा लगायतले अबिर र माला लगाएर स्वागत गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप