नेकपा निकट दुई पेसागत महासंघबीच एकता घोषणा
सोमबार, १७ फागुन २०७७, १४ : ११
काठमाडौं । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणाा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन नेकपा माओवादी निकट कर्मचारी महासंघबीच सोमबार काठमाडौंमा एकता घोषणा भएको हो ।
एमाले र माओवादीबीच २०७५ जेष्ठ ३ गते पार्टी एकता भएपनि दुई पार्टी निकट पेसागत संगठनबीचको एकता टुंगिन बाँकी थियो । आज त्यसलाई एकता घोषणा गरिएको हो । नेकपा दुई भागमा विभाजन भए पनि पेसागत संगठनमा ठूलो असर देखिएको छैन । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह निकट दुई महासंघबीच एकता भएको हो । त्यसमा नेकपा केपी ओली समूह निकट पेसागत महासंघका नेता कार्यकर्ताको सहभागी छैन ।
कार्यक्रममा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्नेछन् । प्रचण्ड र नेपाल कार्यक्रममा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान