शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

सोमबार, १७ फागुन २०७७, १४ : १६
सोमबार, १७ फागुन २०७७

महोत्तरी । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई प्रहरीले पक्राउ गरेको छ। सुस्लिङलाई चन्दा आतंक मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट पक्राउ गरिएको हो।

प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गौशाला नगरपालिका वडा नम्बर ११ स्थित तारेचौरीबाट महोत्तरी–सर्लाही इन्चार्ज सुस्लिङलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप