शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियताको सवालमा लाग्दा देशका केही शत्रुहरु विरुद्धमा लागेः ओली

सोमबार, १७ फागुन २०७७, १४ : ३१
सोमबार, १७ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले देशको भौगोलिक अखण्डतालाई माया गर्ने बताउँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएका छन् । उनले राष्ट्रियताको सवालमा दृढताका लागिपर्ने समेत बताए । 

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेकपा ओलीपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी हाम्रो देशलाई साँच्चै नै माया गर्छौँ । देशको भौगोलिक अखण्डतालाई माया गर्छौँ , त्यसको रक्षा गर्छौ, राष्ट्रिय हितहरुको रक्षा गर्छौ । राष्ट्रियताको सवालमा हामी सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डताको हामी दृढताका साथ रक्षा गर्छौ’, ओलीको भनाइ छ । 

तर, राष्ट्रियताको सवालमा आफूहरु एकजुट हुन खोज्दा केही देशका श​त्रुहरु यसविरुद्ध लागिपरेको टिप्पणी गर्दै ओलीले उनीहरुले जनताबीचको एकता र उन्नती देख्न नचाहेको बताए ।  यद्यपी ओलीले राष्ट्रका ती श​त्रुहरु को हुन् भन्नेबारे भने ओलीले केही खुलाएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप